खेलकुद

क्रिकेटर गौतम गंभीर भाजपामा प्रबेश

नयाँदिल्ली / भारतमा आगामी आम चुनावको माहोल ताते संगै क्रिकेटर र बलिउडका केही कलाकारहरु पार्टीमा प्रबेश गरिरहेका छन् । कतिपय कलाकार तथा क्रिकेटर पहिलेदेखि नै विभिन्न पार्टीहरुमा आवद्ध रहेका छन् । यसै बिच एक वर्षअघि सक्रिय खेलजीवनबाट संन्यास लिएका भारतका पुर्व क्रिकेटर गौतम गम्भीर राजनीतिमा प्रवेश गरेका छन् । पुर्व ओपनर ब्याट्सम्यान गम्भीर भारतीय जनता पार्टी (भाजपा) मा प्रवेश गरेका छन् ।

भारतीय सफल क्रिकेटरका रूपमा ख्याति कमाएका गम्भीरले शुक्रबार औपचारिक रूपमै भारतीय जनता पार्टी भाजपामा प्रबेश गरेका छन् । आज मात्र उनी सो पार्टीमा प्रबेश गरेका हुन् । उनलाई केन्दि«य मन्त्री अरुण जेटलीले पार्टीको सदस्यता दिएका हुन् ।

भारतीय क्रिकेट क्षेत्रमा अमुल्य योगदान दिँदै आएका गौतम गंभीरले आफु मोदीको भिजनबाट निकै प्रभावित भएकोले भाजपामा प्रबेश गरेको बताए । उनले मिडिया सामु राजनितीमाफर्त पनि देशका लागि केही गर्न चाहेको बताउँदै उनले सोही कारण भाजपामा प्रबेश गरेको बताए । भारतलाई वर्ल्ड कप जिताउन समेत महत्वपुर्ण भुमिका खेलेका गौतमलाई चुनावमै उर्तान भने पार्टीले छलफल गर्ने जेटलीले बताए ।

टिकट मिलेको खण्डमा हुन सक्छ उनी चुनाव पनि लड्नेछन् । यदि त्यसो भयो भने आश्चर्य नमान्दा भने हुन्छ । किनकी भारतीय राजनिती क्षेत्रमा कलाकार वा क्रिकेटरहरुलाई आफनो पार्टीमा ल्याई चुनावी मैदानमा उतार्ने चलन नौले भने होईन ।

Leave a Reply

Your email address will not be published.