स्वास्थ्य

मेचीनगरमा नि:शुल्क आँखा स्वास्थ्य शिविर, २६५ जनाले जचाँए

मेचीनगर । आराध्य बचत तथा ॠण सहकारी संस्थाको संयोजनमा मेचीनगर ७ स्थित सरस्वती प्राविमा आयोजित एक दिने नि:शुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

मेचीनगर ७ स्थित मदनबस्तीमा प्रधान कार्यालय रहेको यस आराध्य बचत तथा ॠण सहकारी संस्थाको स्थानीय आयोजनामा मेचीनगर नगरपालिकाको आर्थिक सहयोग, दुर्गाचन्द्र मेमोरियल ट्रष्टको आयोजनामा तथा मेची नेत्रालय काँकरभिट्टाको प्राविधिक सहयोग रहेको थियो ।

मेचीनगर ६ र ७ का मानिसहरुलाई लक्षित गरी आयोजना गरिएको निशुल्क मोति विन्दु, जलविन्दु र टेरिजियम शल्यक्रिया शिविरमा मा दुई सय ६५ जनाले आँखा परिक्षण गराएका छन् । मेची नेत्रालयका दृष्टि बिशेषज्ञ योगेन्द्र राउतसहितको प्राविधिकले आँखा जाँच गरेका थिए । जसमा १० जनामा समस्या देखिएको आराध्य बचत तथा ॠण सहकारी संस्थाका व्यवस्थापक दुलप मेचेले जानकारी दिए ।

शिविरमा समस्या देखिएकाहरुलाई मेची नेत्रालयले थप उपचार गर्ने छ । नगरपालिकाको पन्द्रवटै वडामा निशुल्क मोतिविन्दु, जलविन्दु र टेरिजियम शल्यक्रिया शिविर सञ्चालन गर्ने कार्यक्रम विभिन्न वडामा सम्पन्न गरिसकेको छ ।