खेलकुद

नेपाललाई हराउँदै भारत साफ च्याम्पियन

विराटनगर / विराटनगरस्थित सहिद रंगशालामा जारी पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ ।
नेपाल भने लगातार पाँचौ पटक साफ च्याम्पियनसिपमा भारतसँग पराजित हुँदै पाँचौ साफ महिला च्याम्पियनसिपको उपविजेतामा सिमित भएको छ ।

शुक्रबार (आज) भएको खेलमा नेपाललाई ३–१ गोल अन्तरले पराजित गर्दै भारत लगातार पाँचौ पटक साफको च्याम्पियन भएको हो ।

भारतको तर्फबाट जित निकाल्न डालिमा छिपर, ग्रेस डाङ्मयी र अन्जु तामाङले गोल गरे । नेपालकी सावित्रा भण्डारीले एक गोल फर्काईन् ।
दर्शकको भरपुर साथ पाएको नेपालले घरेलु मैदानमा सुरुवातमा भारतमाथि दबाब बनाएको थियो । तर यसलाई प्रतियोगिता अवधिभर कायम राख्न भने सकेनन् ।

खेलको २६ औ मिनेटमा डालिमा छिपरले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिईन् । नेपालको तर्फबाट सावित्रा भण्डारीले खेलको ३३ औ मिनेटमा हेडमार्फत गोल गरेकी थिईन् । पहिलो हाफमा १–१ गोलको बराबरीमा सकिएको थियो ।

६३ औ मिनेटमा भारतकी ग्रेस डाङ्मेयीले गोल गर्दै भारतलाई पुन २–१ को अग्रता दिलाईन् ।
बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेकी अन्जु तामाङले ७८ औ मिनेटमा गोल गर्दै भारतको जित सुनिश्चित गरिन भने नेपालको उपाधि सम्भावना यसपटक समेत टारिदिइन् ।

नेपालले चौथो पटक समेत फाईनलमा भारतको दबाब तोड्न सकेन । पहिलो, दोस्रो, तेस्रो र पाँचौ संस्करणको उपाधि भिडन्तमा नेपाली टिम फाईनलमा भारतको सिकार बन्यो ।

Leave a Reply

Your email address will not be published.