
विराटनगर / विराटनगरस्थित सहिद रंगशालामा जारी पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिपको उपाधि जिते नेपाली टोलीका प्रत्येक सदस्यले जनही २-२ लाख पुरस्कार पाउने भएका छन् ।
खेलाडीको हौसलाका लागि महिला साफ च्याम्पियनसिपको फाइनल अघि प्रदेश १ सरकारले उपाधि जितेमा नेपाली टोलीलाई नगद पुरस्कार दिने घोषणा गरेको हो ।
विराटनगरस्थित सहिद रंगशालामा नेपालले अहिले फाइनलमा भारतसंग प्रतिस्पर्धा गर्दैछ । र, प्रदेश १ सरकारले भारतलाई हराएर उपाधि जिते खेलाडी र अफिसियललाई नगदसहित सम्मान गर्ने जनाएको छ ।
यस्तै उपविजेता बने नेपाली टोलीलाई समान जनही १-१ लाखबाट पुरस्कृत गर्ने प्रदेश १ सरकारले जनाएको छ ।

