
भारत, जेष्ठ १० । भारतको लोकसभा चुनावमा भाजपाले एक्लैको बहुमत सरकार बनाउँने भएपछि पार्टीभित्र यतिबेला खुसी नै देखिएको छ । दोस्रो पटक पनि भाजपाको सरकार बन्ने भएपछि मोदी र पार्टी अध्यक्ष अमित शाह लगायतले ¥यालीको आयोजना गरेको छ । कडा सुरक्षाकाबीच मोदीले उक्त कार्यक्रममा सहभागीता जनाएका थिए । सभालाई सम्बोधन गर्दै उनले जनताले फेरी एक पटक विश्वास गरेकोमा धन्यवाद दिए । उनले भने “२०१९ को लोकसभा चुनावमा अब हामी सबै जनताले नयाँ भारतका लागि जनादेश लिन गएका थियौँ । आज मैले देखिरहेको छु की देशका कोटी कोटी नागरिकहरुले यस साधुके पोल्टा भरिदिए । म जनतासंग बाचा गर्छु नराम्रो नियमतले कुनै काम गर्ने छैन। सरकार बहुमतले बन्छ र देश सर्बमतले चल्छ” ।

