समाचार

सिरहामा यात्रु बस दुर्घटना : दुईको मृत्यु, २५ घाइते

सिरहा, जेष्ठ १० । सिरहामा यात्रु बाहक बस दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ। गयराती पूर्व–पश्चिम लोकमार्गअन्तर्गत जिल्लाको मिर्चैया नगरपालिकास्थित प्रयागपुर चोकमा बस र ट्रक एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै दुर्घटनामा २५ जना घाइते भएका छन्।

ना ८ ख ९८२ नम्बरको प्राइम बस पूर्व झापाबाट काठमाण्डौं आउँदै गरेको बसलाई पश्चिमबाट आइरहेको ना ३ ख ४२६४ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जानकारी दिएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भिर रहेको स्थानियले बताए।

मृतकको पहिचान खुल्न सकेको छैन। एकजनाको घटनास्थलमै र अर्कोको उपचारको क्रममा मिर्चैयामा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । सामान्य घाइतेहरुको स्थानीय अस्पतालमा र गम्भीर घाइतेलाई अन्यत्र रेफर गरिएको प्रहरीले जनाएको छ। घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीको जनाएको छ।

Leave a Reply

Your email address will not be published.