
झापा, जेष्ठ ९ । मेचीनगर वडा नम्बर ६ को आयोजनामा दोस्रो वडा अध्यक्ष कप अन्तर मावि खेलकुद प्रतियोगिता २०७६ सुरु भएको छ । काकँरभिट्टा माविको खेलमैदानमा बिहिबार प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि मेचीनगर वडा नम्बर ६ का वडा अध्यक्ष ललित तामाङ्गले गर्नु भएको थियो ।

प्रतियोगितामा तीन विधाका खेलहरु कराते, क्रिकेट र फुटबल समेटीएको छ । वडा स्तरिय अन्तर मावि प्रतियोगितामा वडाका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका विद्याथीहरुको सहभागीता रहेको आयोजक समितिले जनाएको छ । जेष्ट ९ गते देखी १२ गते सम्म सञ्चालन हुने प्रतियोगिता अन्तर्गत फुटबल काकँरभिट्टा माविको खेल मैदानमा, कराते काकँरभिट्टा मावि परिसर र क्रिकेट तुर्केनी खेलमैदानमा सञ्चालन हुने कराते खेलका राष्ट्रिय रेफ्रि तिलक तामाङ्गले जानकारी दिनु भएको छ ।

यसै गरी आज भएको पहिलो दिनको फुटबल प्रतियोगिता अन्र्गत पहिलो खेलमा नर्थ प्वाइन्ट मावि काकँरभिटाले पशुपति मावि काकँरभिटालाई ३– १ गोल अन्तरले पराजित गरेको छ । खेलको म्यान अफ दि म्याच सन्तोष मोते भए उनले नगद पाच सय प्राप्त गरे ।
दोस्रो खेल तारापुञ्ज माविले सुर्योदय मावि काकरभिटा लाई ४–० गोलको अन्तर ले पराजित गर्न सफल भएको छ । खेलको म्यान अफ दि म्याच रोहन राई भए उनले नगद पाच सय प्राप्त गरे ।
त्यस्तै तेस्रो खेल अन्तर्गत काकँरभिटा माविले एमिटी पब्लिक स्कुल लाई ७–० को फराकिलो गोल अन्तरले पराजित गरेको थियो । खेलको म्यान अफ दि म्याच गोविना खतिवडा भए उनले नगद पाच सय प्राप्त गरे ।

