काठमाडौं, भदौ १७ । नेपालमा पछिल्लो २४ घण्टामा थप ११ सय २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ४१ हजार ५ सय ४९ पुगेको जानकारी दिए ।
त्यस्तै पछिल्लो २४ घण्टामा ११ सय १२ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा २३ हजार २ सय ९० जना कोरोना संक्रमित निको भएको प्रवक्ता गौतमले जानकारी दिए । होम आइसोलेसनमा रहनेहरुको संख्या ७ हजार ६ सय १५ रहेको छ ।

