स्वास्थ्य

मेचीनगरका तीनसहित झापामा आज थपिए १४ जना कोरोना संक्रमित

झापा, भदौ १७ । मेचीनगरका तीनसहित झापामा आज थप १४ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

मेचीनगरमा आज ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनिहरु भारतबाट आएर काँकरभिट्टास्थित होटल क्वारेन्टाइनमा रहेका मेचीनगर सामाजिक विकास समिति संयोजक नबिन बरालले जानकारी दिनु भएको छ । संक्रमण पुष्टि भएकामा मेचीनगर वडा नं ६ का ३ पुरुषहरु रहनु भएको छ ।

झापामा ७ स्थानीय सहित १४ जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका कोभिड फोकल पर्शन जीवन चौलागाईंले दिनु भएको जानकारी अनुसार झापाको कमल गाउँपालिकाका ३ महिला र ३ पुरुष गरी ६ जना स्थानीय र हल्दिबारीका १ महिला सहित ७ जना स्थानीयमा कोरोना संक्रमण पुष्टि भएको हो ।

साथै झापाका अन्य संक्रमितहरुमा भारतबाट आए होटल क्वारेन्टाइनमा रहेका मेचीनगर वडा नं ६ का ३ पुरुष, त्यस्तै भारतबाटै आएर क्वारेन्टाइनमा रहेका गौरीगञ्ज गाउँपालिका वडा नं २ का १ पुरुष रहनु भएको छ । त्यस्तै बिर्तामोड नगरपालिका वडा नं ५ र ६ का १ महिला र २ पुरुष गरी ३ जना रहनु भएको छ ।