खेलकुद

सन्दीप आवद्ध टीम जमैका सेमिफाइनलबाटै बाहिरियो

काठमाडौं, भदौ २४ । क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टोली जमैका तल्लावाह सेमिफाइनलबाटै बाहिरिएको छ ।

मंगलबार राती भएको पहिलो सेमिफाइनल खेलमा जमैका ट्रिनबागो नाइट राइडर्ससँग ९ विकेटले पराजित भए संगै यो सिजनको सीपीएल यात्रा सकिएको हो । जमैकाले विगतका खेलहरूमा जस्तै कमजोर ब्याटिङ गरेपछि ट्रिनबागो नाइट राइडर्स सहजै फाइनलमा प्रवेश गरेको छ ।

जमैकाले दिएको १ सय ८ रनको सामान्य लक्ष्य ट्रिनबागोले १५ ओभरमा मात्र १ विकेट गुमाएर भेटायो । खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दै २९ रन खर्चिए पनि विकेट लिन भने असफल भए।