खेलकुद

झापामा सेपाकताक्रो खेलको आकर्षण बढ्दो

झापा, चैत १० । झापामा तिन चार बर्ष अगाडी देखी मात्र खेल्न थालिएको खेल हो सेपाकताक्रो । तर यो खेलमा झापाली खेलडीहरुको आकर्षण बढ्दो छ । झापाली खेलाडीले विभिन्न प्रतियोगितामा सहभागी जनाई सफलता हासिल गरिरहेका छन् ।

आसन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत १ .न. प्रदेश स्तरिय छनौट प्रतियोगितामा झापा जिल्लाबाट दुई दुई जना महिला पुरुष गरी चार जनाले राष्ट्रिय प्रतियोगितामा सहभागी हुने भएका छन् । झापाबाट सहभागी भई १ .न. प्रदेशबाट राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीहरुमा महिला तर्फ अनिशा श्रेष्ठ र रुक्सना अलिमिया तथा पुरुष तर्फ गंगालाल राजवंशी र सुशिल विश्वकर्मा रहेको झापा सेपाकताक्रो खेलका प्रशिक्षक मुक्तिनाथ काफ्लेले जानकारी दिए ।

सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता बाट नेपालमा सेपाकताक्रो खेलले राष्ट्रिय प्रतियोगितामा स्थान पाएको थियो । यो संगै नेपालको विभिन्न जिल्लामा यो खेल खेल्ने गरिएको छ । सरकारी स्तरबाट स्थायी प्रशिक्षक नभएता पनि स्वयमसेवक प्रशिक्षकहरुले निरन्तर प्रशिक्षण दिईरहेका छन् ।

विभिन्न खेलमा आश्यक भन्दा बढी प्रशिक्षक रहदा पनि खेल र खेलाडीको स्तर बृद्धि नभई रहेको अवस्थामा सेपाकताक्रो खेलमा स्थायी प्रशिक्षक नहुदा पनि स्वयमसेवक प्रशिक्षककले सोचे भन्दा राम्रो रिजल्ट ल्याई रहे पनि सम्बन्धीत निकायले खासै चासो नदिएको सेपाकताक्रो खेलको १ .न. प्रदेशका प्रमुख प्रशिक्षक राजु सिवाकोटीले बताए ।

Leave a Reply

Your email address will not be published.