समाचार

झापामा सवारी दुर्घटना, एकको मृत्यु, तिन घाईते

झापा, चैत १० । मेचीनगर १२ खरेडाँगीस्थित मेची राजमार्गमा अटो सँग मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ,। भने अन्य तीन जना घाइते भएका छन्। दुर्घटनामा परी मृत्यु हुनेमा बिर्तामोड नगरपालिका २ का २४ वर्षीय सौरभ घिमिरे रहेको प्रहरी कार्यालय झापाका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मेचीनगर १२ खरेडाँगीस्थित मेची राजमार्गमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको मे १ ह ५३१० नम्बरको अटो टेम्पोले बाटो काट्न खोज्दा सोही दिशाबाट आउँदै गरेको बा ८१ प ८०५ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको थियो । दुर्घटना परी गम्भीर घाइते भएका मोटरसाइकल चालक घिमिरेलाई अस्पताल लैजाने क्रममा बाटैमा नै मृत्यु भएको जनाइएको छ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार बिर्तामोड ८ का २७ वर्षीया सीता भट्टराई, टेम्पोमा सवार बुद्धशान्ति ३ का ७१ वर्षीय कुलबहादुर चेम्जोङ र टेम्पो चालक मेचीनगर १२ का ५५ वर्षीय राज फागो र घाइते भएका छन्। घाइते तीनै जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ। मोटरसाइकल र टेम्पोलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ।

Leave a Reply

Your email address will not be published.