कला

आलिया भट्टले जन्मदिनको अवसरमा चालक र सहयोगीलाई दिइन ५०–५० लाख

एजेन्सी चैत १० । चर्चित अभिनेत्री आलिया भट्टले आफ्नो निजी चालक र सहयोगीलाई ५०–५० लाख दिएकी छन् । उनले आफ्नो चालक र सहयोगीलाई मुम्बईमा घर किन्नका लागि सहयोग स्वरुप ५०–५० लाख दिएकी हुन् ।

उनले आफ्नो २६ औं जन्मदिनको अवसरमा उक्त रकम चालक सुनील तथा सहयोगी अमोललाई दिएकी हुन्। सुनिल र अमोलले जुहु गली र खारमा एक बेडरूमवाला फ्ल्याट बुक गरेका थिए।

अभिनेत्री आलिया भट्टले यी दुबै जना आफ्नो आजसम्मको यात्राको अभिन्न अंग भएको र उनीहरूबिना बाँच्न नसक्ने बताएकी छन्। सुनिल र अमोलले डेब्यू सिनेमा स्टुडेन्ट अफ द इयरुदेखि साथै रहेर उनका लागि काम गर्दै आएका छन्।

Leave a Reply

Your email address will not be published.