कला

बलिउड अभिनेत्री ऐश्वर्या राइले यसरी राख्छिन् आफूलाई फिट

न्युदिल्ली, चैत १० । कुनै समय बलिउड अभिनेत्री ऐश्वर्या राइ गर्भवती हुँदा उनि मोटाएकी थिइन्। त्यतिबेला उनलाई धेरैले नराम्रो कमेन्ट पनि गरेका थिए। केहि समयपछि उनि नया लुकमा देखा परेपछि सबैजना चकित परेका थिए।

एक अन्तर्वार्तामा उनले आफै खुलासा गरेकी छिन। उनि रेगुलर जिम जादैनन्। न त कुनै वर्कआउट रुटीन नै फलो गर्छिन। उनि आफ्नो शरीरलाई फिट राख्न सहि डाइट र योगा गर्ने गर्छिन। यस्ता छन् ऐश्वर्याको डाइट रुटीन

ब्रेकफास्ट उनि कहिले पनि ब्रेकफास्ट मिस गर्दैनन्। उनि हरेक दिनको सुरुवात तातो पानी, कागती र मह पिएर गर्ने गर्छिन। यसले मेटाबॉलिज्म ठिक रहन्छ। ब्रेकफास्टमा ब्राउन ब्रेड टोस्ट, ओट्स लिन्छन। ओटमीलमा प्रोटीन र फाइबर भरपूर मात्रामा पाइन्छ।

लंच उनको लन्चमा उमलिएको सब्जी शामिल हुन्छ। कहिलेकहिँ एक कटोरी दाल र एक चपाती लिने गर्छिन। खाजा उनि दिनभर थोरै थोरै खाना खाने गर्छन। जंक फुटबाट टाढा नै बस्छिन। खाजामा फलफुल खाने गर्छिन।

डिनर डिनरमा उनि ब्राउन राइस र ग्रिल्ड फिश खान्छिन। ब्राउन राइसमा भरपुर मात्रामा फाइबर पाइन्छ। शरीरलाई सधै फ्रेश राख्न दिनभरमा ८ गिलास जति पानी पिउछिन।

उनि सधै जिम जादैनन्। हप्ता मात्र २ पटक जिम जान्छिन। उनि फिट रहन जिम भन्दा पनि योगा धेरै गर्ने गर्छिन। उनि बिहान जगिङ्ग गर्छिन त्यसपछि ४५ मिनेटसम्म योगा गर्ने गर्छन।

Leave a Reply

Your email address will not be published.