खेलकुद

बेंग्लोरलाई ७ विकेटले पराजित गर्दै चेन्नई सुपर किंग्स विजयी

चेन्नई / इन्डियन प्रिमियर लिग क्रिकेट २०१९ को उद्घाटन खेलमा चेन्नई सुपर किंग्स ७ विकेटले विजयी भएको छ ।

रोयल च्यालेन्जर्स बेंग्लोरले चेन्नई सुपर किंग्सलाई ७१ रनको लक्ष्य दिएको थियो । टस हारेर पहिला ब्याटिङ गरेको बेंग्लोरले १७.१ ओभरमा सबै विकेट गुमाएर अल आउट हुँदै ७० रनमा समेटियोे । बेंगलोरका लागि ओपनर पार्थिप पटेलले सर्वाधिक २९ रन बनाउन बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् । अर्थात बेंगलोरका १० ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् । पटेलले ३५ बलमा २ चौका प्रहार गरे ।

चेन्नईमा टस हारेर पहिला ब्याटिङ थालेको बेंगलोरले सुरुवात देखीनै खराव प्रर्दशन गर्यो । हरभजजन सिंहले चौथो ओभरको तेस्रो बलमा रविन्द्र जडेजाबाट क्याच गराउँदै कप्तान विराट कोहलीलाई ६ रनमा पेभिलिएन फर्काए । छैंटौ ओभरमा दोस्रो बलमा आफै क्याच लिदै हरवजले मोईन अलीलाई ९ रनमा आउट गरे ।

हरभजनलेनै आठौं ओभरको दोस्रो बलमा जडेजाबाट एवी डी विलियर्सलाई ९ रनमा आउट गरेपछि बेंगलोर सस्तैमा आउट हुने संकेत देखाएको थियो । आठौं ओभरको अन्तिम बलमा शिम्ररोन हिटमायर डक आउट भएपछि बेंगलोर ३९–४ को कमजोर अवस्थामा पुग्यो । बेंगलोरको विकेट पतन निरन्तर जारी रह्यो ।

कोलन डी ग्राण्डहोम ४, शिवम दुबे र नन्दीप सैनी समान २ रनमा आउट भए । युजवेन्द्र चाहल ४, उमेश यादव १ रनमा अउट भए । हरवजनले बेंगलोरको टप अडर धरासयी बनाउँदा ताहिर र जडेजाले मिडिल तथा तल्लो क्रम बेंगलोरको निराश बनाए ।

चेन्नईका लागि इमरान ताहिरले ४ ओभरमा १ मेडन सहित ९ रन खर्चेर ३ विकेट लिए । हरवजनले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । रविन्द्र जडेजाले २ र ड्वेन ब्राभोले १ विकेट हात पारे ।
बेंग्लोरलाई सस्तैमा समेट्न हरभजन सिंह र इमरान ताहिरले समान तीन(तीन विकेट लिँदा रवीन्द्र जडेजाले २ तथा ड्वेन ब्राभोले एक विकेट लिए ।
बेंग्लोरका पार्थिव पटेलले सर्वाधिक २९ रन बनाउनु बाहेक अरु कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । कप्तान विराट कोहली ६ रनमा आउट भएका थिए ।

महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नईका लागि अम्बाती रायडुले सर्वाधिक २८ रन बनाए  । केदार जादबले अविजित १३ रन जोड्दा रबिन्द्र जडेजा ६ रनमा अविजित रहे ।

यस्तै सुरेश रैनाले १९ रन जोडे । योसंगै सुरेश आईपीएलमा ५ हजार रन पुरा गर्ने पहिलो खेलाडी बनेका छन् ।

चेन्नईका शेन वाट्सन भने सुन्य रनमा आउट भए । बैंगलोरका युजभेन्द्र चाहल, मोहमद सिराज र मोइन अलीले एक एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published.