संघ \संस्था

झापाको पाठामारीमा सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट स्थापना

पुष्कर गुरागाई
झापा, असोज १९ ।
दक्षिणी झापाको कचनकवल गा.पा वडा नं ५ पाठामारीमा सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट स्थापना भएको छ। नेपाल सरकारले सिमा क्षेत्रमा सशस्त्र प्रहरी थप उपस्थिति बलियो बनाए सकै उक्त स्थानमा बि.ओ.पि स्थापना गरिएको हो।

आज एक कार्यक्रमका बिच झापाका प्रमुख जिल्ला अधिकारी श्रमण कुमार तिम्सिना र नं एक वाहिनीका वाहिनी पति डिआईजी वंशिराज दाहालले संयुक्त रूपमा उदघाटन गर्नु भएको थियो । उक्त बि.ओ.पि.मा सशस्त्र प्रहरी निरिक्षको कमाडमा पँचास जान रहने सशस्त्र प्रहरी बल नेपाल नं २ गण हे.क्वा.का गणपति रमेश कुमार पाण्डेले बताए । सो स्थानमा बि.ओ.पि स्थापना भएसगै सिमा सुरक्षा, चोरी तस्करीको नियन्त्रण हुने बताईएको छ ।

भारत सग सिमा जोडिएको झापाको १४४ कि.मी क्षेत्रमा १८वटा बि.ओ.पि.रहने छन् । जसमा १० वटा स्थापना भएका छन् । बाकी ८ वटा स्थापनाको चरणमा रहेका छन् । स्थापना भएका बि.ओ.पि. मा काँकरभिट्टा, गौरीगंञ्ज, टागनडुब्बा, केचना, पृथ्वीनगर, बाँहुनडागी, घेराबारी, भागडुब्वा, र कुञ्जिबारी रहेका छन् । यस्तौ ज्यामिगढी, तिरिङ, नकलवदा, सत्तिघटा, पन्थापाडा, महेशपुर , आँपपगाछीमा यसै आर्थिक वष भित्र बि.ओ.बि स्थापना हुने बताईएको छ ।

उद्घाटन कार्यक्रममा कचनकवल गा.पा बडा नं ५ का बडा अध्यक्ष महेशलाल गणेश, जिल्ला प्रहरी झापाका प्रमुख कुष्ण कोइराला, सशस्त्र प्रहरी ३८ गण हे.क्वा. का प्रमुख सुवाश भण्डारी, प्रेम भण्डारीलगायतको आतिथ्यता रहेको थियो ।