
झापा, चैत १३ । मेचीनगर ३ स्थित नव ज्योति युवा क्लबको आयोजनामा जारी मेचीनगर वडा स्तरीय फुटबल प्रतियोगिताको आज भएको पहिलो क्वाटरफाईनल खेलमा आयोजक वडा नम्बर ३ बिजयी भएको छ ।

नव ज्योति निमाविको खेल मैदानमा आज भएको पहिलो क्वाटर पाइनल खेलमा वडा नम्बर ५ लाई २–१ को गोल अन्तरले पराजित गर्दै आयोजक वडा नम्बर ३ सेमीफाइनलमा पुग्न सफल भएको छ । आयेजकलाई जिताउन रोमन मेचेले व्यक्तिगत दुई गोल गरेका थिए । वडा नम्बर ५ को तर्फबाट विशाल लिम्बूले १ गोल फर्काएका थिए ।
भोली हुने दोस्रो क्वाटर फाइनल खेलमा वडा नम्बर ६ र वडा नम्बर १२ बीच प्रतिस्पर्धा हुने आयोजक समितिले जानकारी दिएको छ ।
जारी प्रतियोगिताको फाइनल खेल चैत २० गते हुनेछ । प्रतियोगितामा विजेता टिमले नगद २० हजार उप विजेता टिमले नगद १० हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र पाउने छन् ।

