अर्थ

व्यवसायमा सफल हुदै योगेश

झापा, चैत १३ । विगत एक बर्ष अघिदेखी मेचिनगर ६ काँकरभिट्टा स्थित फाईरिङ्ग चोकमा तिन वटा सटर भाडामा लिई योगेश स्टिल एण्ड आल्मुनियम हाउस सञ्चालन गर्दै आएका मेचिनगर ५ का योगेश खवास आफ्नो व्यवसायमा अहिले व्यस्त छन् ।

पाँच लाख ऋण लिएर सुरु गरेको व्यवसायले एक बर्ष अवधिमा नै तिस लाख बराबरको पुजी बनाउन सफल भईसकेका युवा व्यवसायी योगेश आफ्नो व्यवसाय बाट सन्तुष्ट छन् ।
परिवारको साथ, सहयोग र हौसला भयो भने जस्तोसुकै काममा पनि सफलता मिल्दो रहेछ भन्ने उनि एउटा उदाहरण हुन । तिन जना स्टाप राखेर सञ्चालन गरेको व्यवसायमा अहिले दश बाह्र जनाले काम गरिरहेका छन् ।

अर्काकोमा कामको लागि चारै तिर भौतारिदा साह्र्रै दुःख पाएको तितो अनुभव छ उनि संग । अर्काकोमा काम गर्दा न खानाको टुङ्गो न पैसा पाउने नै टुङ्गो खाली साहुले आफ्नो फाईदा मात्र सोच्ने गर्दछन् । काम गरे वापत आफुले पाउनुपर्ने पारिश्रमीक दिन पनि साहुले हिचकिचाउने गरेको उनको भोगाई छ ।

किषानको छोरा सानै उमेर देखी विभिन्न काममा हात हालेका उनले अरुकोमा रङ्ग लगाउने, होटेललाईन, ट्याक्टरमा लेबर लगायतको काम गरिसकेका छन् । अर्काको काम भन्दा पनि आफैले केही गर्ने चाहाना उनमा पहिला देखी नै आएको हो । तर लगानीको अभावले त्यसलाई पुरा गर्न केही समय कुर्नु परेको बताउछन् ।
तिन जना दाजु भाई मध्ये उनि कान्छा हुन । दुई जना दाजुहरु मध्ये ठुलो दाजु चिरञ्जिवि अर्जुनधारा नगरपालिकामा अमिन छन । माईला दाजु रविन हार्डवेयर व्यवसायमा व्यस्त छन् ।

आगामी दिनमा अझै व्यवस्थित रुपले व्यवसायलाई अगाडी बढाउदै ग्राहकलाई बढी भन्दा बढी सुविधा प्रदान गर्नेका साथै सामाजिक कार्यमा पनि अगाडी बढ्ने योजना रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published.