स्वास्थ्य

झापामा आज थपिए ११९ जना काेराेना संक्रमित, २ जनाको मृत्यु

झापा, कात्तिक २० । झापामा आज थप ११९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाले दिएको जानकारीमा झापामा आज ५१ महिला र ६८ पुरुष गरी ११९ जनामा कोरोना पुष्टि भएको हो ।

बिर्तामोडमा १५ महिला र १४ पुरुष गरी २९ जना, भद्रपुरमा ३ जना, गौरादहमा ५ महिला र १ पुरुष गरी ६ जना, मेचीनगरमा ३ पुरुष, अर्जुनधारामा ४ जना, दमकमा २१ महिला र २७ पुरुष गरी ४८ जनामा संक्रमण पुष्टि भएको छ ।

कन्काईमा १ महिला र २ पुरुष गरी ३ जना, बुद्धशान्तिमा १ महिला र ४ पुरुष गरी ५ जना, हल्दिबारीमा १ महिला र ४ पुरुष गरी ५ जना, कमल गाउँपालिकामा ५ महिला र ५ पुरुष गरी १० जना र शिवसताक्षीमा २ महिला र १ जना गरी ३ जनामा कोरोना पुष्टि भएको छ ।

आज जिल्लामा २ संक्रमितको निधन भएको छ । बिर्तामोड र मेचीनगरमा कोरोना संक्रमित महिलाको ज्यान गएको छ ।

जिल्लामा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ८९३ पुगेको छ । हालसम्म जिल्लामा कोरोनाको निधन संख्या ५७ पुगेको छ ।