अर्थ

तिहारका लागि १८ करोडको झिलिमिली बत्ती आयात

काठमाडौं, कात्तिक २० । नेपाल विद्युत् व्यवसायी महासंघले रु १८ करोडको झिलिमिली बत्ती आयात गरेको छ । तिहार र छठका लागि व्यवसायीहरुले सो रकम बराबरको झिलिमिली बत्ती आयात गरेको हो ।

अघिल्लो वर्ष नेपालमा ४० करोड बराबरको झिलिमिली बत्ती आयात भएको थियो । यस वर्ष कोरोना महामारीका कारण यस्ता सामाग्रीको आयातमा प्रभाव पर्ने अनुमान गरिएपनि यस्ता वस्तुको आयातमा त्यस्तो प्रभाव नपरेको व्यवसायीहरुको भनाइ छ ।

झिलिमिली बत्ती आयात हुने क्रम चलिरहेकैले तिहारसम्ममा अघिल्लो वर्ष बराबरकै बत्ती आयात हुने व्यवसायीहरु बताउँछन् ।

नेपालमा विशेषगरी भारत र चीनबाट यस्ता बत्तीको आयात हुने गरेको छ । त्यसमध्ये करिब ८५ प्रतिशत चीन र बाँकी १५ प्रतिशत बत्ती भारतबाट आयात हुने गरेको छ ।