देबु बानीयाँ
बाहुनडाँगी, मंसीर १६। मेचीनगर ६ काँकरभिट्टामा जन्मेर बेलायतलाई कर्मथलो बनाउदै आउनुभएका सामाजिक ब्यक्तित्व धनकिरण गुरुङले नयाँ भिडियो एल्बम बजारमा ल्याउनुभएको छ । “तिमी र म” बोलको म्यूजिक भिडियो डीजी प्रोडक्सन यूके डिजिटल साउण्ड एण्ड भिजन युट्युव च्यानलबाट दर्शक महानुभावहरू माझमा ल्याइएको हो ।
बेलायतका पहिलो नेपाली काउन्सिलर धन किरण गुरुङको स्वर, शब्द, साथै संगीत रहेको अती नै मिठो गीत “तिमी र म” डीजी प्रोडक्सन यूके डिजिटल साउण्ड एण्ड भिजन युट्युव च्यानलबाट रिलिज भएको हो ।
जीवनका पलहरुमा आफूले सोंचेको सपनाहरु सधैं पुरा नहुन पनि सक्छन्, आफूले बनाएको मित्रता अनि साथी अवस्य पनि मायामा परिणत हुने धेरै भनाईहरु छन् । तर केही परिस्थिति र समयको मागले मायाको यति ठूलो आशा र भरोशाहरु जिन्दगीको गोटोहरूमा निरासामा बदलिने चित्रण गरिएको उक्त म्यूजिक भिडियो डीजी प्रोडक्सन यूकेले बजारमा ल्याएको हो । यसको निर्माता श्रीमती अल्का गुरुङ हुन् । सो म्यूिजक भिडियोमा चर्तित नायक ध्रुव दत्त र मोडेल रिया लिम्बुले दमदार अभिनय गरेका छन् ।
सोही म्यूजिक भिडियोको निर्देशन बेलायतका चर्चित यूवा निर्देशक प्रभू गुरुङले गरेका छन् । भने क्यामरामा सुमन श्रेष्ठ, ईडिटर सुसिल गुरुङ, मेकप आर्टिस्ट श्रीमती पुष्पा गुरुङ साथै कलर ग्रेडिङमा नबिन निरौला रहेका छन् ।
गुरुङ र्संगीतसंगै समाजसेवामा समेत उत्तिनै क्रियाशिल हुनुहुन्छ । उहाको नेतृत्वमा बृटिस गोर्खाद्वारा नेपालका बिभिन्न सामुदायिक विद्यालयको स्तरउन्नतिका लागि कम्प्युटर, प्रोजेक्टरलगायतका सामाग्री वितरण तथा पुस्ताकालय निर्माण गर्दै आउनु भएको छ । हाम्रो खबरपाटी डटकम उहाको संगीत, शैक्षिक र सामाजिक क्षेत्रको निरन्तर प्रगतीको कामना गर्दछौं ।

