मेचीनगर, मंसिर २६ । नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल शनिबार मेचीनगर आउने भएका छन् ।
मन्त्री पोखरेल मेचीनगर नगरपालिका वडा नम्बर ८ स्थित आदर्श मा.वि. आयाबारीमा रहेको नवनिर्मित पुस्तकालय भवनको उद्घाटन गर्न आउने आदर्श माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेवन्तराज पोखरेल (अर्जुन) ले जानकारी दिए ।
सामुदायिक विद्यालयहरुमा देशभरि नै चर्चित रहेको आदर्श मा.वि. परिसरमा पुस्तकालय भवनको उद्घाटन एवम् विद्यालय अवलोकन पश्चात मन्त्री पोखरेलले मेचीनगर–८ का शैक्षिक गतिविधि तथा त्यसको स्तरोन्नती सम्बन्धी छलफल समेत हुने मेचीनगर–८ का वडा सदस्य सन्तोष मेचेले जानकारी दिए ।

