खेलकुद

रोनाल्डोको दुई गोलमा युभेन्टसको सानदार जित

काठमाडौं, पुस ५ । पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको दुई गोल सहयोगमा युभेन्टसले इटालियन सिरी ‘ए’ मा पार्मामाथि सानदार जित हात पारेको छ ।

युभेन्टसले घरेलु टोली पार्मालाई ४–० ले हराएको हो । पार्मामा शनिबार राति भएको खेलमा युभेन्टसको सहज जितमा रोनाल्डोको दुई गोलसँगै डिजान कुलुसेभ्स्की र अल्भारो मोराटाले गाल थपे । पहिलो र दोस्रो हाफमा समान दुई गोल भएको थियो ।

खेलको २३औं मिनेटमा एलेक्स सान्द्रोको पासमा डिजान कुलुसेभ्स्कीको गोलबाट युभेन्टसले अग्रता लिएको थियो । त्यसको तीन मिनेटपछि नै २६औं मिनेटमा अल्भारो मोराटाको पासमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।

This image has an empty alt attribute; its file name is Ronalo-2-goals-1-1024x576.jpg

दोस्रो हाफको शुरुमै ४८औं मिनेटमा रोनाल्डोले आरोन राम्सीको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसलाई ३–० ले अघि बढाए । खेल सकिन ४ मिनेटमा बाँकी रहँदा फेडरिको बर्नरडेस्चीको पासमा मोराटाले गोल गर्दै युभेन्टसलाई ४–० को फराकिलो जित दिलाए ।

पार्माले कुनै पनि समय युभेन्टसको पोस्टमा गतिलो पोस्ट आक्रमण बुन्न सकेन । खेलभर नै युभेन्टसले बल पोसेसनमा पकड बनाएको थियो ।

यो सानदार जितसँगै युभेन्टसले दोस्रो स्थानको इन्टर मिलानसँग अंक बराबरी (२७) गरेपनि तेस्रो स्थानमा रहेको छ । इन्टरले एक खेल कम खेलेको छ । शीर्षस्थानको एसी मिलानको २८ अंक छ । पराजित पार्मा १२ अंकसहित १५औं स्थानमा छ ।