समाचार

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री शीतलनिवासमा

काठमाडौं, पुस ४ । दिनभर भेटघाटमा व्यस्त प्रधानमन्त्री केपी शर्मा ओली अहिले शीतल निवास पुगेका छन् । राष्ट्रपति विद्यादेवि भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली केही बेर अघि त्यहाँ हुन् ।

दिउँसो पार्टीका नेताहरुलाई आफ्नो अनुकूल मनाउने प्रयास गरेका ओलीले परिणाम सकरात्मक नआएपछि राष्ट्रपतिलाई भेट्न पुगेको बताइएको छ ।

पछिल्लो समय निकै उत्कर्षमा पुगेको नेकपा विवाद मंसिर ३० गतेको अध्यादेश प्रकरणपछि झनै पेचिलो मोडमा पुगेको छ ।