झापा, पुस ९ । देशभरका ७७ वटै जिल्लामा सहयोगापेक्षी बेसहारा,असहाय सडकमानवहरूको मानवोचित व्यवस्थापन तथा मानवता प्रवर्द्वनका लागि मेची–महाकाली अभियानको शुरूवात पुर्वको काँकडभिट्टा बाट शुरू भएको छ।
आज पुर्वी नाका काँकडभिट्टा स्थित अनुसन्धान अनलाइन मिडिया प्रालिको प्राङ्गणमा उक्त अभियानका अभियान्ताहरूलाई मेचिनगर नगरपालिका ,मेचिनगर नगरपालिका वडा नं–६ को कार्यालय , अनुसन्धान मिडिया प्रालि र हाम्रो अभियान मेचिनगर द्वारा संयुक्त रूपमा स्वागत गरिएको थियो ।

उक्त कार्यक्रमको प्रमुख आतिथ्यता प्रदेश नम्बर १ कि सामाजिक विकाश राज्यमन्त्री जसमाया गजमेरले गरेकि थिइन भने अभियानका अभियन्ताहरूको स्वागत कार्यक्रमको अध्यक्षता अनुसन्धान अनलाइन मिडिया प्रालीका सञ्चालक एवम् छड्के अनुसन्धान साप्ताहिकका प्रकाशक बालकृष्ण थापाले गरेका थिए।
त्यस्तै कार्यक्रमको विशेष अतिथिका रूपमा मेचिनगर नगरपालिका कि कार्यवाहक प्रमुख मिना पोख्रेल ९उप्रेती०, अतिथिहरूमा मेचिनगर वडा नं। ६ का अध्यक्ष ललित बहादुर तामाङ, इलाका प्रहरी कार्यालय काकडभिट्टाका प्रहरी नायव उपरिक्षक राजेन्द्र पोख्रेल,सशष्त्र प्रहरी बल काकडभिट्टाका प्रहरी निरिक्षक प्रेम राई, मानव सेवा आश्रम काठमाडौका अध्यक्ष रामजी अधिकारी ,मानव सेवा आश्रम बिराटनगरका अध्यक्ष नवराज केसी , सामाजिक अभियान्ता अर्जुण भुसाल,हाम्रो अभियानका अभियन्ता नरेश मोहरा, तात्(तातो खबरका सञ्चालक भाग्य न्यौपाने लगायतको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रममा अनुसन्धान अनलाइन मिडिया प्रालिका सम्पादक खगेन्द्र घिमिरेले स्वागत मन्तव्य राखेका थिए भने प्रमुख अतिथि प्रदेश १ कि सामाजिक विकाश राज्यमन्त्री जसमाया गजमेर, मेचिनगर नगरपालिका कि कार्यवाहक प्रमुख मिना पोख्रेल ९उप्रेती०, मानव सेवा आश्रम काठमाडौका अध्यक्ष रामजी अधिकारी लगायतले आफ्नो मन्तव्य राखेका थिए।
कार्यक्रममा मन्तव्य राख्ने क्रममा राज्यमन्त्री गजमेरले अब कोही पनि असहाय,अपाङ्ग र बेसहारा भएर सडकमा अलपत्र भएर बस्नु नपर्ने बताउँदै यसका लागि सरकारले जस्तोसुकै सहयोग गर्ने उद्घोष गरिन्। त्यस्तै कार्यक्रममा मन्तव्य राख्ने क्रममा मेचिनगर नगरपालिका कि कार्यवाहक प्रमुख मिना पोख्रेल ९उप्रेती० ले यस्तो महान कार्यको उद्घाटन नगरको प्राङ्गणमा गर्न पाउनु गर्वको विषय रहेको बताउँदै उक्त अभियानमा नगरको साथ( सहयोग रहने बताइन्।
त्यस्तै मानव सेवा आश्रम काठमाडौका अध्यक्षले मन्तव्य राख्दै वि। स। २०८२ सालभित्र शारिरीक तथा मानसिक रूपमा अस्वस्थ भई खुला आकाशमुनी रात बिताउन विवश घरबार विहिन,बेसहारा,असहाय तथा जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडकआश्रित मानवहरू रहित राष्ट्र नेपाल निर्माण गरिने बताए।

छड्के अनुसन्धान साप्ताहिकको कार्यालय उद्घाटन
झापाको मेचिनगर नगरपालिका वडा नम्बर ६ बाट प्रकाशन शुरू गरेको ूछड्के अनुसन्धानू साप्ताहिकको कार्यालय आज एक कार्यक्रमका बिच उद्घाटन भएको छ।
प्रदेश नम्बर १ की सामाजिक विकाश राज्यमन्त्री जसमाया गजमेरले रीबन काटेर उक्त कार्यालयको उद्घाटन गरेकि हुन्। उनले कार्यालय उद्घाटन गर्दै नाम अनुसारको काम गरेर अगाडि बढ्न शुभकामना दिइन्। यस्तै छड्के अनुसन्धान साप्ताहिकका प्रकाशक एवम् सञ्चालक बालकृष्ण थापाले निकट भविष्यमा यसलाई मिडिया हवको रूपमा विकाश गरेर लैजाने उद्देश्य रहेको बताए। छड्के अनुसन्धान साप्ताहिक प्रत्येक हप्ताको सोमबार प्रकाशन हुँदै आएको छ । बालकृष्ण थापा सञ्चालक एवम् प्रकाशक रहेको उक्त साप्ताहिक पत्रिकाका सम्पादकमा खगेन्द्र घिमिरे रहेका छन् भने कार्यकारी व्यवस्थापकका रूपमा शेखर काजी थापा रहेका छन्।

