संघ \संस्था

राप्ती जेसीजको दोस्रो अध्यक्षमा दिनेश सेढाई


बाहुण्डाँगी, १२ पुस । राप्ती जेसीजका लागि २०२१ को अध्यक्षमा दिनेश सेढाई निर्वाचित हुनु भएको छ । शनिवार सम्पन्न शाखाको े दोश्रो साधरण सभा तथा शाखा अधिवेशनले सेढाईलार्य अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको हो । शाखाको कार्यकारी उपाध्यक्षमा सुजन थापा काजी र नबराज गुरुङ, उपाध्यक्षहरुमा पदमा बिनिता भट्ट, भुवानिश्वर रुवाली,शान्ती लामिछाने सापकोटा, सौरभ कंडेल निर्वाचित हुनु भएको छ । साथै नवनिर्वाचित अध्यक्ष सेढाईले कानुनी सल्लाहकार बिन्दु सिन्जाली मगर, महासचिवमा विवेक गैरे, कोषाध्यक्षमा अभियान पाठक र कार्यक्रम संयोजकमा सुदन उप्रेतीलाई मनोनित गर्नु भएको छ । कार्यक्रम शाखाका बर्ष २०२० का संस्थापक अध्यक्ष बुद्दी कंडेलको सभापतित्वमा सम्पन्न भएको थियो । स्मरण रहोस राप्ती जेसीज २०१९ को हेटौँडामा सम्पन्न ्नेपाल जेसीजको अन्तिम बोर्ड बैठकबाट पास भएपछि रत्ननगरमा सम्पन्न ४६ औँ राष्टिय महाधिवेशनबाट प्रस्तावित शाखाको रुपमा पास भएको थियो । यो वर्ष भलबारी महाधिवेशनमा पूर्ण स्वीकृत प्राप्त गरेको हो । सेढाई शाखाको दोस्रो शाखा अध्यक्ष हुन् ।