संघ \संस्था

रामग्राम जेसीजमा चन्द्रमणी चौधरी

बाहुण्डाँगी । पश्चिम नवलपरासीको परासीस्थित रामग्राम जेसीजको २०२१ को शाखा अध्यक्षमा चन्द्रमणि चौधरीलाई निर्वाचित गरेको छ । शाखाको २१ औँ शाखा अधिवेशनले चौधरीलाई अध्यक्षमा चयन गरेको हो । चौधरी वर्ष २०२० मा महासचिव हुनुहुन्थ्यो ।
यस्तै कार्यकारी उपाध्यक्षमा अनिल उपाध्याय र वेनीमाधब बस्याल, उपाध्यक्षमा राजु देवान, विष्णु हरिजन, पुरुषोत्तम तिवारी र ईमरान अलि, सहसचिवमा मुकेश लोनिया र सहकोषाध्यक्षमा सुनिल यादव निर्वाचित हुनुभएको निर्वाचन आयुक्त तथा पूर्व अध्यक्ष सञ्जय पाठकले बताउनु भयो ।
जेसीजको विधान अनुसार कानूनी सल्लाहकार, महासचिव र कोषाध्यक्ष अध्यक्षले मनोनित गर्ने प्रावधान छ । रामग्राम जेसीज वर्ष २०२० का अध्यक्ष सन्दिप अग्रहरीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकको प्रमुख आतिथ्यमा पुस १० गते २० औँ वार्षिक साधारणसभा तथा २१ औँ शाखा अधिवेशनको उद्घाटन भएको थियो ।
रामग्राम जेसीजले यस वर्ष उम्मेदवारको मनोनयनपछि उम्मेदवारलाई तालीम, अन्र्तवार्ता,ककससहित प्रशिक्षण प्रदान गरेको नोमिनेशन चयरपर्सन नारायण सुवेदीले बताउनुभयो ।