अन्य

उदयपुर जेसीजको अध्यक्षमा शर्मिला थापा (सबु) निर्वाचित

बाहुण्डाँगी, पुस १२ । उदयपुर जेसीजको अध्यक्षमा शर्मिला थापा (सबु) निर्वाचित हुनु भएको छ ।
शनिवार सम्पन्न १०औं अधिबेशन सम्पन्न शाखा अधिवेशनले थापालाई अध्यक्षमा निर्वाचित गरेको हो ।
शाखाको कार्यकारीणी उपाध्यक्षमा ईश्वरमान राई, संगीता घिमिरे, उपाध्यक्षहरुमा पवन रावत, बादल खतिवडा, सुरज शाह र तिङकी ज्वाला चौधरी निर्वाचित भएका छन् ।
उदयपुर जेसिसका संस्थापक अध्यक्ष मदनराज कटुवालको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमलाई संबोधन गर्दै कटुवालले विगतमा सिमित सदस्यबाट सुरु भएको उदयपुर जेसिस १० औ बर्ष सम्म आईपुग्दा सबै युवाहरुको मन मनमा बस्न सफल भएको प्रति खुसी व्यक्त गर्नु भयो ।
शाखाका अध्यक्ष ललित नायकको सभापतित्वमा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष सन्तोष गुप्ता, पूर्व अध्यक्षहरु अर्पना पराजुली, कोषराज दाहाल, एकराज बस्नेत, रुपम अनुराग गुप्ता, धुब्र पोखरेललगायतको सहभनागिता रहेको थियो ।