संघ \संस्था

सुर्खेत महिला जेसीजको अध्यक्षमा लक्ष्मी गुरुङ

बाहुण्डाँगी, ११ पुस । सुर्खेत महिला जेसीजको २०२१ को अध्यक्षमा लक्ष्मी गुरुङ सर्वसम्वत निर्वाचित हुनु भएको छ ।
शनिवार सम्पन्न शाखाको १० औँ साधारणसभाले गुरुङलाई अध्यक्षमा निर्वाचित गरेको हो । शाखाको कार्यकारीणी उपाध्यक्षमा मिना गुरुङ, रञ्जु बिसि, उपाध्यक्षहरुमा कमला बस्याल, मानु सुनुवार, राधा श्रेष्ठ आचार्य सोना थापा निर्वाचित भएका २०१८ की अध्यक्ष कृति गुभाजु शाक्यले बताउनु भयो ।
शाखाकी अध्यक्ष प्रमि शाक्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्षहरु, ज्योति पौडेल, सुष्मा गिरी, प्रतिमा मल्ल, निर्मला पाठक, कृति गुभाजु शाक्यलगायतको सहभागिता रहेको थियो