संघ \संस्था

बासुदेव पौडेल सुनवल जेसीजको अध्यक्षमा निर्वाचित

बाहुण्डाँगी, १२ पुस । पश्चिम नवलपरासीको सुनवलस्थित सुनवल जेसीजको शाखा अध्यक्षमा बासुदेव पौडेल सर्वसम्वत निर्वाचित हुनु भएको छ । शनिवार सम्पन्न शाखाको १० औँ वार्षिक साधारणसभा तथा शाखा अधिवेशनले पौडेललाई अध्यक्षमा निर्वाचित गरेको हो ।
शाखाको कार्यकारी उपाध्यक्षमा मनिता श्रेष्ठ र सपना शर्मा, उपाध्यक्षमा सुवर्णराज उपाध्याय, सुरज चालिसे, राजदिप कार्की, विनोद पाण्डे निर्वाचित हुनुभएको निर्वाचन अधिकृत तथा निवर्तमान अध्यक्ष ममता पौडेलले बताउनुभयो । जेसीजको विधान अनुसार कानूनी सल्लाहकार, महासचिव र कोषाध्यक्ष अध्यक्षले मनोनित गर्ने प्रावधान छ । जसअनुसार महासचिवमा जमुना थापा, कानुनी सल्लाहकारमा विक्कि पौडेल र कोषाध्यक्षमा साजिन बज्राचार्य तथा सामाजिक विकास निर्देशकमा खड्क राना र सदस्यता वृद्धि निर्देशकमा ईश्वर केसी मनोनित हुनुभएको छ ।
सुनवल जेसीज वर्ष २०२० का अध्यक्ष उत्सव पौडेलको अध्यक्षता तथा संस्थापक अध्यक्ष रेशम शर्माको प्रमुख आतिथ्यमा भएको उद्घाटन शत्रमा पूर्व अध्यक्षहरु रमेश कर्माचार्य, शंकर नेपाल, लेखनाथ गौतम, चुडामणि डुम्रे, जीवन पौडेल, ममता पौडेल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।