बाहुण्डाँगी, १२ पुस । शारदानगर जेसीज वर्ष २०२१ को को अध्यक्षमा इन्दलाल श्रेष्ठ सर्वसम्वत निर्वाचित हुनु भएको छ । शाखाको शनिवार सम्पन्न २१ औं शाखा अधिबेशनबाट श्रेष्ठ सर्बसम्मत रुपबाट निर्वाचित हुनुभएको हो । श्रेष्ठ २०२० मा कार्यकारीणी उपाध्यक्ष हुनुहुन्थ्यो ।

शाखाको कार्यकारिणी उपाध्यक्षहरु लक्ष्मी प्रसाद सापकोटा, डेलिना गैरे, सुबर्ण खरेल, उपाध्यक्षहरु भुवन सापकोटा, अर्जुन बगाले, रमेश घिमिरे, सन्दीप न्यौपाने निर्वाचित हुनु भएको छ । यसैगरी नवनिर्वाचित अध्यक्ष श्रेष्ठले कानुनी सल्लाहकारमा राजकुमारी गुरुङ, महासचिवमा बुद्धि बिश्वकर्मा र कोषाध्यक्षमा सन्देश पौडेललाई मनोनित गर्नु भएको छ ।

शाखाकी अध्यक्ष प्रमिशा काफ्लेको सभापतित्व तथा नेपाल जेसीज २०२० का उपाध्यक्ष एवम २०२१ का लागि नवनिर्वाचित कार्यकारीणी उपाध्यक्ष शिवप्रसाद भूसाालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

