बाहुण्डाँगी, १३ पुस । उर्लावारी जेसीजको २०२१ का लागि शाखा अध्यक्षमा अशोक धिमाल सर्वसम्वत निर्वाचित भएका छन् । सोमवार सम्पन्न शाखाको अधिवेशनले धिमाललाई अध्यक्षमा निर्वाचित गरेको हो ।
अध्यक्ष पदमा लोलिम पोमु, सिताराम ओझा र तारानाथ दाहालले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि धिमालले २०२१ को नेतृत्वका लागि जिम्मेवारी पाएका हुन् ।

अधिवेशनबाट कार्यकारिणी उपाध्यक्षमा सन्दिप पौडेल र नवीन श्रेष्ठ,कानुनी सल्लाहकारमा तारा खतिवडा, महासचिवमा प्रेमराज शर्मा र कोषाध्यक्षमा तारानाथ दाहाल रहेका छन् । त्यस्तै, सचिबमा सन्ध्या खड्का, उपाध्यक्षमा टीकाप्रसाद अधिकारी , दिनेश दाहाल , हेमन्त थापा, रन्जित श्रेष्ठ र जन सम्पर्क अधिकारीमा सुस्मा बस्नेत चयन भएका शाखाका पूर्व अध्यक्ष सचिन शाक्यले बताउनु भयो ।
शाखाका पूर्व अध्यक्षहरुको सहभागितामा सम्पन्न अधिवेशन शाखाका अध्यक्ष यादव भण्डारीको सभापतित्वमा सम्पन्न भएको थियो ।

