शिक्षा

प्रदेश २ मा स्थगित एसईई परीक्षा चैत्र २२ देखि २९ सम्म

काठमाण्डौं, चैत १८ । परिक्षको मर्यादा पालना नगर्ने तथा प्रश्नपत्र परिक्षा अगावै आउट हुने लगायतका क्रियाकलाप भए पछि स्थगित गरिएको प्रदेश २ एसइर्ई परीक्षाको नयाँ तालिका सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा वोर्डले सोमबार सूचना जारी गरी बाँकी परीक्षाहरु यही चैत्र २२ गतेदेखि २९ गते गर्ने निर्णय गरेको हो।

राष्ट्रिय परीक्षा वोर्डका सदस्य सचिव दुर्गा अर्यालले दिएको जानकारीअनुसार २२ गते अनियार्व विज्ञान वियषयको परीक्षा हुनेछ। त्यसैगरी २३ गते, अनिवार्य सामाजिक शिक्षा, २४ गते अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण को परीक्षा सञ्चालन गरिनेछ। २५ गते ऐछिक प्रथम र २६ गतेका लागि ऐछिक द्वितीयको परीक्षा तोकिएको छ। बाँकी ३ दिन भने प्राविधिकतर्फका परीक्षा हुने तय गरिएको छ।

असनवार्य नेपाली, अनिवार्य अंग्रेजी र अनिवार्य गणितको परीक्षा मात्रै सम्पन भएका छन्। लगातार प्रश्नपत्र बाहिरिएपछि बाँकी परीक्षा रद्द गरिएको थियो।

Leave a Reply

Your email address will not be published.