बाहुण्डाँगी १८ माघ । सतासीधाम जेसीजको ८ औँ पदहस्तान्तरण शनिवार सम्पन्न भएको छ ।
२०२० का अध्यक्ष कुमारसिंह सावाँले २०२१ का अध्यक्ष कमल सेन्चुरीलाई चेन हस्तान्तरणसहित पदहस्तान्तरण गर्नु भएको हो । शाखाका अध्यक्ष कुमारसिंह साँवाको सभापतित्व तथा १ नम्बर प्रदेशका पूर्व प्रमुख डा.गोविन्द सुब्बाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला उपसभापति देउमान थेवे, सतासीधाम गोलोक गोवर्धन गौशालाका अध्यक्ष आचार्य नन्दकिशोर जी महाराज, पुराना नेता भक्ति सिटौला, शाखाका संस्थापक अध्यक्ष कृष्ण पोखरेललगायतको उल्लेखिय उपस्थिति रहेको थियो । साथै सामाजिक क्षेत्रमा उत्कृष्ट कार्य गर्ने आचार्य नन्दकिशोर जी महाराज लाई उत्कृष्ट नागरिकका रुपमा सम्मान गरिएको थियो ।
नवनिर्वाचित अध्यक्ष सेन्चुरीले आफ्नो कार्यकालमा उत्कृष्ट कार्य गर्दै शाखाको गरिमालाई अझ उचाइमा लैजाने बताउनु भयो ।



