समाचार

ट्याक्सी दुर्घटना हुँदा युएईमा २ नेपालीको मृत्यु

काठमाण्डौ, २४ । संयुक्त अरब ईमिरेट्स (युएई) को राजधानी अबुधाबिमा ट्याक्सी दुर्घटनामा परि २ जना नेपालीको मृत्यु भएको छ । उक्त दुर्घटनामा ट्याक्सी भित्रै रहेका २ नेपाली घाइते भएका छन् ।

सनीबार राति करिब १२ बजे भएको दुर्घटनामा नवलपरासी कावासोती रामनगरका निरोज परियार र शान्ति बिक रहेका छन् । मृतक शान्ति र घाइते अन्य २ जनाको ठेगाना खुल्न सकेको छैन । घाईतेहरु अबुधाबिस्थीत खालिफा अस्पतालमा उपचार भइरहेको छ ।

मृतक र घाइते चढेको ट्याक्सीलाई पछाडिबाट अर्को कारले ठक्कर दिदाँ दुर्घटना भएको युएई प्रहरीले जानकारी दिएको छ ।

रोजगारीका लागि युएई पुगेका नेपाली कामदार सडक दुर्घनमा प्रत्येक वर्ष ज्यान गुमाई रहेको पाइन्छ ।

Leave a Reply

Your email address will not be published.