खेलकुद

टोटनहमको फराकिलो जित

काठमाडौं, फागुन १७ । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले फराकिलो जित निकालेको छ ।

आइतबार राति भएको खेलमा टोटेनहमले बर्नलीलाई ४-० गोलले पराजित गरेको हो । घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन ग्यारेथ बेलले दुई, ह्यारी केन र लुकास मौराले एक एक गोल गरे ।

जितसँगै टोटेनहमले २५ खेलमा ३९ अंक जोड्दै ८औँ स्थानमा उक्लिएको छ । पराजित बर्नली २८ अंकसहित खेलको १५औँ स्थानमा छ ।