अन्य

विप्लव नेतृत्व नेकपासँगको वार्ता सकारात्मक : सरकार

काठमाडौं, फागुन १९ ।  सरकारले विप्लव नेतृत्वको नेकपासँगको वार्ता सकारात्मक भएको बताएको छ ।

आज पहिलो चरणको वार्ता भएपछि प्रतिकृया दिँदै वार्ता टोलीका सदस्य राजन भट्टराईले वार्ता सकारात्मक भएको बताएका हुन् ।

वार्तापछि भट्टराईले भनेका छन्,“नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबीच पहिलो चरणको वार्ता आज बिहान सम्पन्न भएको छ। वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी गराउँदछु ।”

नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबीच पहिलो चरणको वार्ता आज बिहान सम्पन्न भएको छ। वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी गराउँदछु ।