खेलकुद

आर्मीलाई पाखा लगाउँदै धाइजन – चारआली नव ज्योति कपको फाइनलमा प्रवेश

बाहुण्डाँगी, फागुन २०। धाइजन चारआली फुटबल क्लब मेचीनगर ३ मा नव ज्योति युवा क्लबको आयोजनामा जारी नव ज्योति नकाउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

नव ज्योति निमाविको खेल मैदानमा बिहिवार सम्पन्न अन्तिम सेमीफाइनल खेलमा श्रीनाथ गण व्यारेक चारआली (आर्मी) लाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै फाइनल खेलमा आयोजक नव ज्योति युवा क्लबसँगको भेटलाई पक्का गरेको हो ।


निर्धारित ७० मिनेटको खेलमा गोलरहित बराबरीमा सकिएपछि खेलका मुुख्य रेफ्री लखन जैशवालले खेललाई सोझै टाइब्रेकरमा लगेका थिए ।

जितका लागि चारआलीका तर्फबाट बिशाल दर्जी, टिका लिम्बू, प्रशान्त लक्सम र इक्क्षान तामाङले गोल गरेका थिए भने आर्मीका तर्फबाट देबेन्द्र विक, सन्देश मगर र सन्देश देवानले गोल गरेका आयोजक क्लबका अध्यक्ष चन्द्र तामाङले बताए ।

खेलको म्यान अफ द म्याच आर्मीका कृष्ण परियार भए । उनलाई प्रेम थापाले सौजन्य गरेको नगद १ हजार पुरस्कार प्रदान गरिएको थियो ।

शनिवार हुने फाइनल खेलमा आयोजक क्लब र धाइजन चारआलीबिच हुनेछ । प्रतियोगितामा विजेता टिमले नगद ८० हजार र उपविजेता टिमले नगद ५० हजारसहित ट्रफी र प्रमाण पत्र पाउनेछन् ।