स्वास्थ्य

दुर्घटनामा परि कांग्रेस सभापति बुढाथोकी घाइते

मेचीनगर, फागुन २० । मोटरसाइकल दुर्घटनामा परि मेचीनगर नेपाली कांग्रेस सभापति ईन्द्र बहादुर बुढाथोकी घाइते भएका छन् । उनको खुट्टा भाचिएको छ ।

बिहीबार बिहान १० बजे महेन्द्र राजमार्ग अन्तर्गत मेचीनगर-७ स्थित मेचीनगर नगरपालिकाको कार्यालय अगाडि पश्चिमबाट दुइजना विद्यार्थी सवार गरी अाएको मोटरसाइकलले ठक्कर दिदा बुढाथोकी घाइते भएका हुन् ।

उनको विर्तामोड स्थिति विएण्डसी हस्पिटलमा उपचार भईरहेको नेपाली कांग्रेस मेचीनगर-८ वडा सभापति गिरिराज धमलाले जानकारी दिए ।

दुर्घटनामा परि मोटरसाइकलमा सवार एकजना विद्यार्थीको पनि टाउकोमा गम्भीर चोट लागेको प्रत्यक्षदर्शीले जनाएका छन् ।