संघ \संस्था

धनकुटा लेडी जेसीजद्धारा जेसीज गाउँको घोषणा, ५ वर्षमा नमुना गाउँको रुपमा स्थापित गर्ने उद्घोष

बाहुण्डाँगी, २० फागुन । धनकुटा लेडी जेसीजले धनकुटा वडा नं ६ स्थित एउटा गाउँलाई नमुना जेसीज गाउँ घोषणा कार्यक्रमको आयोजना गरेको छ ।
नेपाल जेसीज २०२१ का राष्ट्रिय अध्यक्षको भिजन र शाखा धनकुटा लेडी जेसीजकी अध्यक्ष विशिका श्रेष्ठको बार्षिक कार्ययोजनालाई सार्थक बनाउने लक्ष्यका साथ बुधवार एक समारोहकाबिच कार्यक्रमका प्रमुख अतिथि वडा नं ६ का वडा अध्यक्ष नरेश श्रेष्ठले जेसीज गाउँको घोषणा गर्नु भएको थियो ।


धनकुटा बजारबाट १५ मिनेटको दुरीमा रहेको उक्त गाउँमा २० घरधुरी रहेका छन् । जेसीज गाउँको अवधारणा अनुसार उक्त गाउँलाई नमुना गाउँ बनाउने तयारीका साथ कार्य योजना अघि सारिएको हो । शाखा अध्यक्ष श्रेष्ठले ५ वर्षभित्र देशकै नमुना गाउँका रुपमा स्थापित गर्ने बताउनु भयो । यस जिल्लामा घुम्न आउने पर्यटकका लागि एउटा पर्यटकीय क्षेत्रका रुपमा यस गाउँलाई बनाउने बताउनु भयो ।


यो अभियानमा वडा नम्बर ६ का वडा अध्यक्ष नरेश श्रेष्ठको सहयोग अतुलनीय रहेको अध्यक्ष श्रेष्ठले बताउनु भयो । शाखाको स्थापना समयदेखि नै धनकुटा लेडी जेसीजलाई नजिकबाटद सहयोग गर्दै आएको यो वडाले अर्का्े महत्वपूर्ण प्रोजेक्टमा हौषला प्रदान गरेको उहाँले बताउनु भयो ।


कार्यक्रमको संयोजक संस्थापक अध्यक्ष जेसी प्रमिसा श्रेष्ठ तथा बर्ष २०२१ कि अध्यक्ष जेसी बिसिका श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो
कार्यक्रममा प्रथम पुरुष जेसीज श्रेष्ठ, तथा धनकुटा वडा नं ६ का वडा सदस्य मिलन खड्गी तथा धनकुटा लेडी जेसीजको उपस्थिति रहेको थियोे ।


धनकुटा लेडी जेसीजको लक्ष्य जेसीज गाउँ का २० घरका विपन्न वर्गको जीवनस्तर उकास्नको लागि, वाल, बच्चाको भविष्यको लागि र गाँस, बाँस र कपाससाथै शिक्षा र रोजगारी मा जति सक्दो वहाँ हरुको आवाज सम्बन्धित ठाउँमा पु¥याउने योजना रहेको छ शाखाले वहाहरुको समस्याहरु लाई निर्मुल पार्दै दुख, सुखमा साथ रहनेछ ।


स्मरण रहोस यो सँगै २०२१ मा २ वटा शाखाले जेसीज गाउँको घोषणा गरेका छन् । यस अघि भेरीगंगा जेसीजले जेसीज गाउँको घोषणा गरेको थियो ।