संघ \संस्था

सिद्धार्थ लेडि जेसिजको अध्यक्षमा अनुपा पाण्डे निर्वाचित

बाहुण्डागी । सिद्धार्थ लेडि जेसिज नेपालको अध्यक्षमा अनुपा पाण्डे (अनिता) निर्वाचित हुनु भएको छ । बिहिबार सम्पन्न शाखाको जेसिआई सिद्धार्थ लेडि बिहिबार सम्पन्न २५ औ साधारणसभाले पाण्डेलाइ सर्वसम्बत अध्यक्षमा निर्वाचित गरेको हो ।

यस अघि शाखामा विभिन्न बिबादका बिच प्रकृति उप्रेतीलाई अध्यक्षमा निर्वाचित गराएको थियो । तर उमेर हकबन्दिका कारण नेपाल जेसिजमा उजुरी प्रेको थियो । नेपाल जेसिजले अर्को प्रकृया अगाडि बढाउन परिपत्र गरेपछी पुन निर्वाचन गरि सर्वसम्बत नेतृत्व चयन गरिएको शाखाकि २०२१ कि अध्यक्ष रिमा न्यौपानेले बताउनु भयो ।

शाखाको कार्यकारिणी उपाध्यक्ष कृष्णा तिवारी दाहाल र साबित्रा राणा , उपाध्यक्षहरु रागिणी दाहाल, सीता भण्डारी, कल्पना पाण्डे, बेनुका खड्का र निर्देशकमा पुस्तिका आचार्य निर्वाचित भएका छ्न । कार्यक्रम शाखाकी अध्यक्ष रिमा न्यौपानेको सभापतित्वमा सम्पन्न भएको थियो ।