बाहुण्डाँगी । २०२० मा स्थापना भएर यसै वर्ष मात्र पूर्ण स्वीकृत पाएको खाँडादेवी जेसीजले नेपाल जेसीजबाट जनवरी महिनाको पहिलो अवार्ड प्राप्त गरेको । नेपाल जेसीजले बुधवार सार्वजनिक गरेको अवार्ड अन्तर्गत एरिया सि को शाखाहरुको कार्यसम्पादनको मुल्याङ्कनका आधारमा खाँडादेवीले यो अवार्ड प्राप्त गरेको हो । नेपाल जेसीजका राष्टिय अध्यक्ष जेसीआइ सिनेटर लालमणी भण्डारीले खाँडाँदेवीले गरेको काम र आएको रिपोर्टका आधारमा उत्कृष्टता प्राप्त गरेको बताउनु भयो । शाखाकी अध्यक्ष सम्झना श्रेष्ठले छोटो समयमा गरेको कार्यलाई उच्च मुल्याङ्कन गरेकोमा नेपाल जेसीज प्रति आभार व्यक्त गर्नु भयो । साथै उहाँले आगामी दिनमा अझ धेरै कार्य गर्दै अघि बढ्ने समेत बताउनु भयो ।

