समाचार

थपियो सार्वजनिक विदा, प्रदेशले दिएको विदामा संघ अन्तर्गतका कार्यालय पनि बन्द हुने

काठमाण्डौं, चैत २८ । प्रदेश सरकारले दिएको सार्वजनिक बिदामा अब संघ अन्तर्गतका कार्यालयमा पनि बिदा दिइने भएको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार सूचना तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले सो बारे जानकारी गराएका हुन् ।

प्रदेश सरकारले आफ्नो प्रदेशमा ६ दिन अतिरिक्त बिदा दिन सक्ने छन् । काठमाडौं उपत्यकामा भने गृह मन्त्रायको निर्णय बमोजिम बिदाको निर्णय हुने मन्त्री बास्कोटाले जानकारी गराए । अब संघले दिने विदा र प्रदेशबाट थपिएको विदाका कारण सार्वजनिक विदाको दिन बढ्न गएको छ ।

Leave a Reply

Your email address will not be published.