समाचार

गुडिरहेकाे ट्रकमा आगलागी, चालक फरार

झापा, फागुन २१ । झापाकाे सदरमुकाम चन्द्रगढीमा गुडिरहेकाे ट्रकमा हुरहुरी आगाे लागेकाे छ।

जिल्ला प्रहरी कार्यलय झापाका अनुसार ट्रककाे ईन्जिनमा विद्धुत सर्टभई आगाे लागेकाे हुन सक्ने वताईएकाे छ । ट्रकका चालक फरार रहेकाेले कसरी र के कारणबाट आगाे लागाे भनेर पुर्ण जानकारी आईसकेकाे छैन ।

भद्रपुर र विर्तामोड नगरपालिकाका दमकलले जनपथ,सशस्त्र र स्थानीयले आगाे नियन्त्रण गरिरहेका छन् । बृस्तित विवरण आउन बाकी छ । थप क्षति हुनबाट जाेेेेेगाउन विद्धुत काटिएकाे छ ।