मेचीनगर, फागुन २१ । झापाको मेचीनगरबाट प्रकाशित लोकतन्त्र पोस्ट दैनिकको प्रधान सम्पादकमा अर्जुन कार्की र कार्यकारी सम्पादकमा डम्बर बराल नियुक्त भएका छन् ।
मेचीनगर–६ निवासी कार्की यसअघि लोकतन्त्र पोस्टको कार्यकारी सम्पादक पदमा कार्यरत थिए । २०६३ सालदेखि पत्रकारितामा निरन्तर सक्रिय पत्रकार कार्कीले जनसंसद् दैनिक, जनआन्दोलन, मेची ट्यून्स एफएम र सौर्य दैनिकमा रिपोर्टरदेखि कार्यकारी सम्पादक तहमा रहेर पत्रकारिताको अनुभव गरिसकेका छन् ।
कार्यकारी सम्पादकमा नवनियुक्त बराल मेची आवाज साप्ताहिकको प्रधान सम्पादक छन् । २०५९ सालदेखि पत्रकारितामा निरन्तर क्रियाशील मेचीनगर–५ निवासी उनी यसअघि जनसंसद् दैनिकको सहसम्पादक थिए । विवेचना दैनिकमा बरालले लामो समय रिपोर्टिङ गरेका थिए ।
पत्रिकाका सम्पादक/प्रकाशक मोहन काजीले नवनियुक्त प्रधान सम्पादक कार्की र कार्यकारी सम्पादक बराललाई शुक्रवार बधाइ तथा स्वागत गर्दै पत्रिकालाई नयाँ उचाईमा पुर्याउन योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।

