बाहुण्डाँगी, २४ फागुन । १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा फागुन २४ गते पोखरा लेडी जेसीजले अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको छ । “नेतृत्वमा नारी, कोभिडको संसारमा समान भविष्यको प्राप्ति” भन्ने अन्तर्राष्ट्रिय प्रकरणमा आयोजित उक्त कार्यक्रम कोपिला नेपालको सहकार्यमा सम्पन्न भएको हो ।

पोखरा लेडी जेसीजकी अध्यक्ष जेसी कमला शर्मा ९बिनिता०को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पोखरा उपमहानगर पालिका वडा नं। ४ का वडाध्यक्ष शंकर बास्तोला रहेका थिए । गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा। विनोद विन्दु शर्मा, पोखरा लेडी जेसीजकी पूर्व अध्यक्ष मिनु कुँवर श्रेष्ठ, मनोसामाजिक स्वास्थ्य विभाग प्रमुख प्रेमनाथ भट्टराईको सहजीकरणमा सम्पन्न उक्त कार्यक्रममा महिलाहरुलाई कोभिडले पारेको असर, त्यसका चुनौति र वर्तमान अवस्थाको प्रभावका बारेमा छलफल गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत टंक खनाल, महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष इन्दिरा शर्मा, कोपिला नेपालकी कार्यकारी निर्देशक एवम् गैर सरकारी संस्था महासंघका गण्डकी प्रदेश प्रमुख विना सिलवाल, जिल्ला प्रहरी कार्यालय कास्कीकी समिक्षा रेग्मी, बौद्धिक अपाङ प्रदेश सदस्य प्रमिला श्रेष्ठ बहस कार्यक्रममावक्ता कोरूपमा सहभागी भएका उक्त कार्यक्रममा विभिन्न आमा समूहहरुका अध्यक्ष लगायतका अन्य संग सस्था बाट उपस्थिति रहेको थियो ।

पोखरा लेडी जेसीजको मुख्य कर्पोरेट पार्टनर रहेको एशियन थाई फुड्स प्रा। लि।, सह–पार्टनर स्नोमेन वाइनरि प्रा। लि।, कंगारु एजुकेशन फाउन्डेसन प्रा लि , होटल दीप सागर संपूर्ण सहयोगी पार्टनर ,लगायत सम्पूर्ण सहभागीहरुलाई अध्यक्ष कमला (बिनिता )ले धन्यवाद मन्तव्य राखेकी थिईन ।कार्यकम को सम्योजक दीपा पौडेल ले गरेकी थिइन् भने उक्त कार्यक्रमको सञ्चालक सुमित्रा कोइराला ले गरेकी थिइन्।

यसैगरी नारी दिवसकै अवसर पारेर धनकुटा लेडी जेसीजले प्रभातफेरी र दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । महिलाहरुले दिनहुँ सामना गर्ने समस्याहरुलाई उजागर गर्दै, सबै क्षेत्रका महिलाहरुको सामाजिक, आर्थिक, सास्कृतिक र राजनितीक उपलब्धिहरुलाई आत्मसात गर्दै प्रत्येक बर्ष ८ मार्च विश्वव्यापी मनाउँदै आईरहेको अन्तर्राष्ट्रिय महिला दिवशको अवसरमा दिप प्रज्वलन गरिएको हो । कार्यक्रममा धनकुटाका विभिन्न संघ तथा संस्थाहरुको संयुक्त आयोजना रहेको थियो ।

ूमहिलाको सुरक्षा, सम्मान र रोजगारस् समृद्ध नेपालको आधारू भन्ने नाराका साथ विभिन्न संघ संस्था, सुरक्षाकर्मी, विद्यार्थीलगायतको बृहत सहभागितामा प्रभातफेरी गरिएको थियो ।

