खेलकुद

अफ्रिकन टिमलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं, चैत ६ । हेटौंडामा जारी स्थानीय तह शहीद स्मृति राष्ट्रिय गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी प्रवेश गरेको छ ।

क्यामरुनको अफ्रिकन रुट्स एशोसिएसन क्लबलाई १-० गोल अन्तरकाे जीत दर्ता गर्दै आर्मी क्लब फाइनलमा प्रवेश गरेको हो । फाइनल खेल आगामी शनिबार रिगल हेटौंडा रिसोर्ट मकवानपुर ११ र त्रिभुवन आर्मी क्लबका बीच फाईनल खेल हुनेछ ।

प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् । त्यस्तै विधागत रुपमा उत्कृट हुने खेलाडीले जनही २५ हजार रुपैयाँ पाउनेछन् भने सर्वोत्कृष्ट खेलाडीले बुलेट बाइक पाउनेछन् ।