मेचीनगर, चैत ७ । युवा संघ नेपाल मेचीनगरका अध्यक्ष सरोज मेहराले अध्यक्ष, सचिवसहितको बहुमतबेगर युवा संघ मेचीनगर कमिटी गठन गरेको भन्दै आपत्ति जनाएका छन् ।
शनिबार अध्यक्ष मेहरासहित बहुमत कमिटीलाई थाहै नदिई ओली समूहले तत्कालीन युवा संघका सचिवालय सदस्य मानबहादुर तामाङको अध्यक्षतामा कमिटी बनाएर सार्वजनिक गरेको छ ।
संघका अध्यक्ष मेहराले शनिबार विज्ञप्ति जारी गर्दै कथित मेचीनगर अधिवेशनको कुनै वैधानिकता नभएको बताएका छन् । तामाङ नेतृत्वको युवासंघ मान्ने हो भने राजु पोखरेल नेतृत्वको नेकपा एमाले नमान्ने चेतावनी समेत अध्यक्ष मेहराले दिएका छन् ।
२०७२ सालमा सम्पन्न नगर अधिवेशनबाट मेहराको अध्यक्षतामा ५१ सदस्यीय युवा संघ मेचीनगर चयन गरिएको थियो ।
मेहराले अवैधानिक दाबी गरिरहँदा यता ओली पक्ष समूहले भने तामाङ नेतृत्वकै कमिटी वैधानिक भएको दाबी गरेको छ ।

