ईलाम चैत ७ । कृषि क्षेत्रमा लागेका किसानलाई आत्मानिर्भर बनाउदै व्यवसायीक कृषिमा प्रवद्र्धन गर्न प्रदेश सरकार सदैव लागि परेको प्रदेश नं.१ का भूमी व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री रामबहादुर रानामगरले बताउनु भयो ।

मन्त्री रानामगरले उन्नत धान उत्पादन ब्लक आयोजना समिति चुलाचुलीद्वारा निर्मित धान संकलन गृहको उद्घाटनका क्रममा सो कुरा बताउनु भएको हो ।
मन्त्री रानामगरले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तरगत दक्षिणी ईलामको चुलाचुली गाउँपालिका वडा नम्बर १ मा निर्माण गरिएको धान संकलन गृह तथा उन्नत धान ब्लक आयोजना र मकै सघन वालि विकास आयोजनामा संलग्न उत्कृष्ट कृषकलाइ कृषि औजार वितरण गर्नुभएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तरगत चुलाचुली गाउँपालिकामा धान ब्लव कार्यक्रम र मकै खेति कार्यक्रमका लागी प्रदेश सरकार बाट सहयोग गरिएको छ । यस कार्यक्रमले यस क्षेत्रमा कृषकलाई फाईदा पुग्ने विश्वस गरिएको राज्यमन्त्री रानाले बताउनु भयो ।
नेपाल सरकारको संवृद्ध नेपाल सुखि नेपाली भन्ने नारा लाई पुरा कृषि क्षेत्र नै प्रमुख हो गाउाँपलिकाका अधिकांस कृषक कृषिमा आवद्ध छन् यस्ता कार्यक्रमले कृषकलाई फाईदा हुनेछ । अवको समय भनेको कृषि यान्त्रिकरणको हो यसले सबै कृषकलाई कृषि उत्पादन सहयोग पुग्ने चुलाचुली गाउँपालिका का कृषक ले फाईदा पुग्ने चुलचाचुली गाउँपालिकाका अध्यक्ष प्रदिप चन्द्र राईले बताउनु भयो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तरगत यसक्षेत्रका कृषकलाई कृषि यान्त्रिकरण पनि वितरण गरिएको छ । जस अन्तरगत १८ वटा डिप वारीङ्ग, ३४ वटा ट्रली ५ वटा मैकै रोप्ने मसिन, १० वटा स्प्रे टंकी १ थान मिनिटेलर र १ छोडाउने लगायतका सामागी वितरण गरिएको ति सामाग्रीले यस क्षेत्रमा कृषकलाई सहयोग पुग्ने कृषि ज्ञान केन्द्र ईलामका प्रमुख टोनी बर्देवाले बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिती ईलामका सभापति गणेश बराल १ नम्वर प्रदेशका सांसद धिरेन्द्र शर्मा (रमण) र काजिमान कागते लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा जग्गादाता गणेश फागो, कृषि प्रविधिक टंक कट्टेल लाई सम्मान गरिएको थियो कार्यक्रममा उन्नत धान ब्लक आयोजना अन्तरगत सुरेन्द्र भट्टराई, घनश्याम गौतम, जमुना ढकाल र मकै सघन वालि विकास आयोजनामा तर्फ गोविन्द कार्कि, गंगा राई , सन्तोस तुम्वापो लायत दुई दर्जन भन्दा बढी उत्कृष्ट कृषकलाई कृषि औजार वितरण गरिएको थियो ।

कार्यक्रम धान ब्लक आयोजनाका अध्यक्ष तिलोचन गौतम र मकै सघन वालि विकास आयोजनामा अध्यक्ष लालबहादुर कार्किको अध्यतामा भएको कार्यक्रममा धान ब्लक आयोजनाका सचिव सुरेन्द्र भट्टराईले कार्यक्रममाथी प्रकास पार्नु भएको थियो ।
मकै सघन वालि विकास आयोजनाकाम उपाध्यक्ष विष्णुमाया सिटौलाले स्वगत मन्तव्य राख्नु भएको कार्यक्रम सञ्चालन सन्तोस थाम्सुहाङ्गले गर्नु भएको थियो ।

