स्वास्थ्य

झापामा पछिल्लो २४ घण्टामा थप १७९ जनामा कोरोना संक्रमण पुष्टि

झापा, जेठ २६ । झापामा पछिल्लो २४ घण्टामा थप १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै झापामा सक्रिय संक्रमितको संख्या ४ हजार १ सय ३९ पुगेको छ ।

आज थप  २ सय  ४ जना उपचारपछि डिस्चार्ज भएका छन् । जिल्लाका विभिन्न अस्पतालहरुबाट उनीहरु डिस्चार्ज भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । जिल्लामा डिस्चार्ज हुनेको संख्या ७ हजार ४ सय ५३ जना पुगेको छ ।

यस्तै,  झापामा आज थप ५ जनाको मृत्यू भएको छ । योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या २८३ जना पुगेको छ ।